तुलसीपुर ३ को पहिलो निर्णय : १० युनिट सम्मको खानेपानीमा छुट दिने

तुलसीपुर
१३ जेठ / तुलसीपुर उपमहानगरपालिका वडा ३ का वडाध्यक्षसहित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार उनीहरुले पदभार ग्रहण गरेका हुन् । सोही दिन बसेको बैठकले १० युनिट सम्मको खानेपानीको महशुस वडा कार्यलयबाट निःशुल्क छुट दिने निर्णय गरेको छ ।


साथै वडाले आफूहरुलाई जिताउने मतदाता तथा आम वडावासीलाई धन्यवाद पनि दिएका छन् ।

वडा सदस्यहरु राजेन्द्र कुमार गुरुङ ,कर्ण बहादुर बुढा ,शान्त राणा ,डिलमाया नेपालीलगायतले पदभार ग्रहण गरेका हुन् ।