तुलसीपुर ११ को पहिलो बैठक: विरामीलाई निःशुल्क रगत, किसानलाई राहात

तुलसीपुर, १३ जेठ ।

तुलसीपुर उपमहानगपालीका वडा ११ ले वडा भित्रका नागरीकको लागी नि:शुल्क रगत उपलव्ध गराउने भएको छ । पदभार ग्रहण गरे लगत्तै बसेको वडा समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । वडाध्यक्ष मान बहादुर रावतको अध्यक्षतामा बसेको बैठकले जिवनको लागी रगत भन्ने नारालाई अघि सार्दै निशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको हो । विरामी भई रगतको अभाव भएका त्यस्ता नागरीकको लागी वडाको बजेटबाट रगत उपलव्ध गराईने भएको छ । यस्तै कृषकको लागी माटो परीक्षणको ब्यवस्था गरिने भएको छ । माटो परीक्षण बिना बालिको नोक्सानी ब्यहोर्दै आएका किसानलाई निशुल्क परिक्षण गर्ने निर्णय गरेको छ । यसले किसान भोगेको झण्जटबाट मुक्त हुने गरिएको छ ।


यसका साथै वडाभित्रका कुखुरा ब्यवसायी र घोडा ब्यवसायीलाई संगठित गर्दै बार्षिक प्रोत्साहनको ब्यवस्था गरिने भएको छ । यसैविच वडाका नवनिर्वाचित जनप्रतिनिधीलाई स्वागत तथा निवर्तमान जनप्रतिनिधिको विदाई कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष रावतको अध्यक्षता तथा निवर्तमान उपप्रमुख माया आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । त्यस अवसरमा नवनिर्वाचित अधयक्ष रावत,वडा सदस्यहरु कमला चौधरी,प्रभापरियार,तिलकराम थारु र यज्ञ बहादुर बस्नेतलाई स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले जनताको चाहाना अनुसार वडाको विकासमा लाग्नुपर्नेमा जोड दिएका थिए । वडा सचिव लक्ष्मी रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समाजसेवि तथा बुद्धिजिवी तिलक बहादुर बस्नेत, अमर माविका प्रधाध्यापक पदम बहादर वली लगायतले बोलेकाथिए । कार्यक्रमको सहजिकरण कर्मचारी लक्ष्मी चौधरीले गरेकि थिईन ।