शान्तिनगरमा कार्यपालिकाकालागि एकलौटी सिफारिश गरेको भन्दै असन्तुष्टि

तुलसीपुर
१३ वैशाख /दाङ शान्तिनगर गाउँपालिकाको कार्यपालिकाकालागि एकलौटी सिफारिश गरेको भन्दै असन्तुष्टि जनाईएको छ ।

काँग्रेस शान्तिनगरका सभापति झलक केसीले एकलौटी सिफारिश गरेको भन्दै समिति भित्रकै ब्यक्तीहरुले असन्तुष्टि जनाएका हुन् । उपसभापति दोर्णबहादुर खत्री,लालबहादुर बुढाथोकी, सचिब दिलप्रसाद लामिछाने, रोशन रावत, सहसचिब भागीराम रावतलेएक विज्ञप्ति जारी गरि असन्तुष्टि जनाएका हुन् ।


उनीहरुले पार्टी समितिबाट सर्वसम्मत निर्णय नभई एकलौटी तरिकाले कार्यपालिकामा पठाएको बताएका छन् । शान्तिनगरको गाउँसभामा काँग्रेसको एकल बहुमत छ ।

No description available.