दाङका एक फरार अभियुक्त १२ बर्ष पछि पक्राउ

दाङ, २३ कात्तिक । दाङमा एक फरार अभियुक्त १२ बर्ष पछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कर्तब्य ज्यान मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले २०६६ बैशाख २७ गते फैसला गरेपनि हालसम्म फरार रहेका राप्ती गाउँपालिका वडा नं. ३ बसन्तपु निवासी ६४ बर्षीय जग्गु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।


२० बर्ष कैद फैसला सुनाएका चौधरीलाई कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं. २ लखनपुरमा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए ।

पक्राउ परेका उनलाई आज अदालतमा बुझाईएको छ ।