तुलसीपुरमा पद तथा गोपनियताको सपथ ग्रहण

दाङ,१२ जेठ ।

तुलसीपुर उपमहानगरपालिकाक नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । विहीबार उपमहानगरपालिकामा एक कार्यक्रमकाबीच नगर प्रमुख टिकाराम खड्काले १९ वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।


पद तथा गोपनियता सपथ ग्रहण गराउँदै नवनिर्वाचित नगर प्रमुख खड्काले जुन पार्टीबाट निर्वाचत भएपनि उपमहानगरपालिकामा गएपछि सबै साझा बन्नु पर्ने बताए । उनले यो एउटा परिवार भएकाले सबै एकजुट भएर तुलसीपुरको समृद्धिकालागि लाग्नु पर्ने बताए ।

त्यस अवसरमा निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले आफूले पाँच बर्षमा गरेको कामको मूल्यांकन पुनः जनताले गरेको बताए । उनले पाँच बर्षमा नेपालमै नमूना काम गरेको बताए । तुलसीपुरमा ९७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।