दीपक बोहरा
दाङ,११ जेठ ।
दाङ तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जम्मा ७४ हजार ३३६ मत खसेकोमा बुधबार विहान ७ बजेसम्म ७१ हजार १६६ मत खसेको छ । अब ३१७० मत गन्न बाँकी छ । अहिलेसम्मको मतपरिणाम अनुसार नगर प्रमुखमा एमालेका टिकाराम खड्का ३३६६ मतले अघि छन् ।
उनले ३० हजार ३५ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार काँग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६६९ मत प्राप्त गरेका छन् । तुलसीपुरमा एमाले सुरुवातदखि नै अग्रस्थानमा रहदै आएको छ । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि छन् । उनले निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९२०१ मतान्तरले पछि पारेकी छिन् । चौधरीले २९ हजार ३४५ मत प्राप्त गरेकी छिन्, भने रानाले २० हजार १४४ मत प्राप्त गरेका छन् ।
१९ वटा वडा मध्ये अहिलेसम्म १७ वटा वडाको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म तुलसीपुरका ९ वटा वडा एमालेले जितेको छ, भने काँग्रेसले ४ र माओवादी केन्द्रले ३ वटा वडा जितेको छ । त्यस्तै एउटा वडा स्वतन्त्रले जितेको छ । अहिले वडा नं.१७ र १९ को मतगणना भइरहेको छ । तुलसीपुरमा यस अघि पनि एमाले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४हजार ३३६ मत खसेको थियो ।
एमालेले विजय ¥याली निकाल्ने
जित नजिक पुगेपछि एमालेले तुलसीपुरमा विजयी ¥याली निकाल्ने भएको छ । ¥यालीले बजार परिक्रमण गरेर विएसएस पार्टी प्योलेसमा पुगेर सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले दाङका संगठन विभाग प्रमुख श्याम डाँगीले जानकारी दिए ।
लाइभदाङ । ११ जेष्ठ २०७९, बुधबार ०७:३५ बजे