तुलसीपुर-१८ मा माधव दोहोरिए

तुलसीपुर, ११ जेठ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा नेकपा एमालेका माधव वली विजयी भएका छन । वडामा सानदार मतका साथ उनको प्यानल नै विजयी भएको हो । उनि १९३६ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धि माओवादिका उम्मेदवार पुर्ण डाँगीले १११५ मत प्राप्त गरेका थिए ।


वली ८२१ मतान्तरका साथ विजयी भएका हुन । यस्तै महिला सदस्यमा जुगन्या चौधरि , दलित महिला सदस्यमा बसन्ति नेपाली ,खुल्ला सदस्यहरु सितल बुढा र धन बहादुर बस्नेत विजयी भएका हुन । वडामा दलित महिला सदस्य वाहेक अन्य सबै २०७४ को निर्वाचनमा पनि विजय भएका थिए ।