तुलसीपुरमा ‘ग्लोबल करियर’को उद्घाटन

तुलसीपुर ४ बैशाख । तुलसीपुरका दुई युवाहरूले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि सहायता प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल करियर काउन्सिलिङ एण्ड भिसा सर्भिस’ नामक संस्था सञ्चालनमा ल्याएका छन् ।

निश्चल बस्याल र ऋषिकेश बोहराको संयुक्त पहलमा स्थापना भएको यो संस्था बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य अनिषा नेपालीले गरेकी छन् ।

विदेश जाने युवाहरूको संख्या दिनप्रतिदिन बढिरहेकाले आवश्यक जानकारी र परामर्श प्रदान गरेर विद्यार्थीहरूको यात्रा सजिलो बनाउने उद्देश्यले उक्त संस्था स्थापना भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपालीले यस्ता संस्थाहरुले विदेशमा जान चहानेहरुलाई सहजीकरण गनुपर्ने बताईन् । अझै पनि विदेशमा जानेहरुको संख्या धेरै रहेकाले सुरक्षित र सहज वातावरण निर्माण गर्ने कुरा नै अहिलेको आबश्यकता भएको उनले बताईन् ।


कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी र चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले युवाहरूले सुरु गरेको यस्ता सेवामूलक संस्थाले रोजगारी सिर्जना तथा व्यवस्थित सूचना प्रवाहमा भूमिका खेल्ने उल्लेख गरे।

स्थाका सह–संस्थापक ऋषिकेश बोहराले अन्तर्राष्ट्रिय शिक्षा प्रणालीमा प्रवेश गर्न चाहने विद्यार्थीहरूलाई सम्पूर्ण सेवा प्रदान गर्ने बताए । उनका अनुसार उचित परामर्श, कागजात तयारी, विश्वविद्यालय छनोटदेखि लिएर भिसा आवेदन प्रक्रियामा सहजीकरण गर्ने बताए ।

सेवाहरूको विस्तृत जानकारी काउन्सिलर जिना पुरीले गरेकी थिइन्, भने कार्यक्रमको सहजीकरण सञ्चारकर्मी आशिष केसीले गरेका थिए ।