तुलसीपुरमा भोली विजय ¥याली निकाल्ने एमालेको तयारी

दाङ,१० जेठ ।

नेकपा एमालेले भोली दिउँसो १ बजे तुलसीपुरमा विजय ¥याली निकाल्ने भएको छ । मेयर/उमेयर सहित अधिकाँस वडाहरु जित्ने निश्चित भएपछि नेकपा एमाले निर्वाचन परिचालन कमिटीको आयोजनामा विजय ¥याली निकाल्न लागिएको हो ।

विजय ¥याली एमालेको पार्टी कार्यालयबाट सुरु भएर मदन–आश्रीत चोक हुँदै तुलसीपुर बजार परिक्रमा गरेर विएसपाटी प्यालेसमा पुगेर सभामा परिनत हुने भएको छ । निर्वाचीत जनप्रतिनिधीलाई एमालेका माहासचिव शंकर पोखरेलले स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले जानकारी दिनुभएको छ । विजय जुलुसमा सहभागीताका लागि एमलेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक सबैमा केन्द्रिय सदस्य पाण्डेले आग्रह गर्नुभएको छ ।


निर्वाचन कार्यालयका अनुसार हालसम्म ६४ हजार बढी मत गणना गर्दा एमालेबाट मेयरका उम्मेदवार टिकाराम खड्काले २३ सय बढी मतले अग्रता लिनुभएको छ भने उपमेयरमा स्यानी चौधरीले ८ हजार बढी मतले अग्रता लिनुभएको छ । बैशाख ३० गते भएको निर्वाचनमा ७४ हजार मत खसेको थियो ।