जिल्ला प्रशासन कार्यालय दाङ, कार्य सम्पादनमा ३३ औं स्थानमा

दाङ,२३ साउन । कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय दाङ ३३ औं स्थानमा रहेको छ ।

९३.३७५ नम्बर ल्याएर दाङ ३३ औं नम्बरमा परेको हो । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१मा गरेको कामका आधारमा गरेको मल्यांकन गरेको हो ।

१८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् । कार्यसम्पादन मूल्यांकन सम्झौता बमोजिम मूल्यांकन गर्दा जिल्ला प्रशासन कार्यालयहरुले ७६.२५ देखि ९८ अंकसम्म पाएको मन्त्रालयले जनाएको छ ।


कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ७६।२५ अंकसहित अन्तिम स्थानमा छ ।

रुपन्देहीसहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु उत्कृष्ट १०को सूचीभित्र परेका छन् ।