तुलसीपुर उपमहानगरः गठबन्धनलाई पछि पार्दै एमाले अगाडी

दीपक बोहरा
दाङ,७ जेठ ।

दाङ तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । २७०८३ मत गन्दा एमालेका टिकाराम खड्का १८३ मतले अघि छन् । उनी ११२५६ मतले अघि छन्, भने निकटतम प्रतिस्पर्धी गठबन्धनको उम्मेदवार काँग्रेसका गेहेन्द्र गिरीले ११०७३ मत ल्याएका छन् ।


उपमेयरमा भने सुरुवातदेखि नै एमाले अग्रस्थानमा छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले १०५४२ मत प्राप्त गरेर अग्रस्थानमा छन्, भने गठबन्धनको तर्फका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर राणाले ८५२६ मत ल्याएका छन् । उपमेयरमा स्यानी सुरु देखि नै अग्र स्थानमा छन् ।

तुलसीपुरमा यस अघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हाँसिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४हजार ३३६ जनाले मतदान गरेका थिए ।