सेन्टर स्कुलमा निःशुल्क प्राविधिक शिक्षा

तुलसीपुर, ५ कात्तिक । 
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित माध्यामिक विद्यालय तुलसीपुर सेन्टरले निःशुल्क रुपमा तीन वटा विषयको प्राविधिक शिक्षा दिने भएको छ ।

सूचना प्रविधिको २४ महिने, इलेक्ट्रिक २४ महिने र मन्टेश्वरीको इसीडीएफ कक्षा २४ महिने कार्यक्रम सुरु गर्न लागिएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताए । उनका अनुसार यी सबै कार्यक्रम निःशुल्क हुनेछन् ।

सूचना प्रविधिमा २ वटा कोटा रहेका छन्, भने अन्य दुई वटा कार्यक्रमकालागि ३० वटा कोटा रहेको प्रधानाध्यापक पौडेलले बताए । स्वीस सरकारको सहयोगमा विद्यालयमा उक्त कार्यक्रम सञ्चालन हुन लागेका हुन् । एसइई दिएर अनुतिर्ण भएकाहरूले उक्त कक्षा लिन पाउनेछन् ।


साथै विद्यार्थीहरूलाई प्रतिदिन एक सयका दरले छात्रवृति, पोशाक, २ लाख सम्मको दुर्घटना बीमा समेत उपलब्ध हुने उनको भनाई छ । त्यस्तै परीक्षा शूल्क, रजिष्ट्रेशन शूल्क,समेत लाग्ने छैन । यी कक्षाहरू साढे ३ महिना विद्यालयमा हुने र अन्य बाँकी कम्पनीमा प्रयोगात्मक हुने प्रअ पौडेलको भनाई छ ।

हप्तामा पाँच दिन प्रयोगात्मक र एक दिन सैद्धान्तिक कक्षा हुने उनले बताए । यो कार्यक्रमले आर्थिक अबस्था कमजोर भएकाहरूलाई सहयोग पु¥याउने उनको भनाई छ । साभारः अग्रिम साप्ताहिक