टिपरको ठक्करबाट तुलसीपुरको हर्नेटीमा एक युवकको मृत्यु

तुलसीपुर, ६ जेठ ।

तुलसीपुर–सल्यान सडक खण्डको हर्नेटीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–३ निबासी २० बर्ष आकाश सेन ठकुरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिनुभयो ।


कपुरकोटबाट तुलसीपुर तर्फ जाँदै गरेको रा १ प ८६७९ नम्बरको मोटरसाईकललाई तुलसीपुरबाट सल्यान जाँदै गरेका रा १ क ५६५ र रा १ ख ११२३ नम्बरको टिप्परले तुलसीपुर उपमहानगरपालिका–४ हर्नेटी भन्ने स्थानमा दिउँसो करिब ४ बजे ठक्कर दिएको थियो । ठक्करबाट घाईते हुनुभएका सेनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

बाटो उछिन्ने क्रममा दुबै टिपरको बिचमा पर्दा दुर्घटना भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको शाहीले बताउनुभयो । ठक्कर दिने दुबै चालक सहित टिपरलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।