५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूचीका लागि धरौटी, रास्वपा पनि पुग्यो

काठमाडौँ, १४ पुस ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका अहिलेसम्म लागि ५२ राजनीतिक दलले ५० हजार रकम धरौटी बुझाएका छन् ।

निर्वाचन आयोगका अनुसार सोमबार साँझ ७ बजेसम्म शीर्ष दलसहित ५२ दलले बन्दसूची बुझाउनु अघि धरौटी रकम बुझाएका हुन् ।


राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पनि धरौटी रकम बुझाएको छ ।