माओवादी केन्द्र तुलसीपुरका सबै वडाका अध्यक्ष र सचिब चयन (नामावली सहित)

तुलसीपुर
२५ साउन / नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरको विस्तारिक बैठक बसेको छ ।

नगर संयोजक खुसीराम चौधरीको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य  हेमराज शर्मा‘डायमण्ड’ले पार्टीलाई सुदृढ बनाएर लैजानु पर्ने बताए ।

त्यस अवसरमा पार्टीका प्रदेश कमिटि सदस्य भिमबहादुर ओली, नेता शेसुराम भण्डारीले नेता तथा कार्यकर्ताहरु सक्रिय भएर लाग्नु पर्ने बताएका छन् ।

त्यस अवसरमा नगरका १९ वटै वडाका अध्यक्ष र सचिबहरु चयन गरिएको छ । पहिले नै रहेका अध्यक्ष र सचिबलाई कायम गर्दै खाली रहेका वडाहरुमा पदपूर्ति गरिएको नगर संयोजक चौधरीले बताए ।

यी हुन्, नगर अध्यक्ष र सचिबहरु

वडा नं. १ : अध्यक्ष : दिलु न्यौपाने , सचिब : हुर्मत गिरी

वडा नं. २ : अध्यक्ष :  अभ्यास चौधरी , सचिब :  कमला चौधरी

वडा नं. ३ ः सचिब ः चेतमान सेजुवाल

वडा नं. ४ ः अध्यक्ष ः गणेशप्रसाद गिरी, सचिबः सालिकराम कार्की

वडा नं. ५ ः अध्यक्ष ः वेदप्रसाद वली , सचिब ः हस्त केसी

वडा नं. ६ ः अध्यक्ष ः हिमाल बुढा , सचिब ः गोकुल चौधरी

वडा नं. ७ ः अध्यक्ष ः प्रेम खनाल

वडा नं. ८ ः अध्यक्ष ः विरबहादुर वली, सचिब ः जीवन केसी

वडा नं. ९ ः अध्यक्ष ः मदन हमाल, सचिब ः दुर्गा शर्मा

वडा नं. १० ः अध्यक्ष झग्गु चौधरी, सचिब ः शिसिर वियोग चौधरी


वडा नं. ११ ः अध्यक्ष ः गोपाल मल्ल, सचिब ः खम्बु रोकाय

वडा नं. १२ ः अध्यक्ष ः गोपाल खड्का, सचिब ः ज्ञानबहादुर बस्नेत

वडा नं. १३ ः अध्यक्ष ः देवबहादुर विक, सचिब दिलबहादुर खड्का

वडा नं. १४ ः अध्यक्ष ः लेखत पौडेल , सचिबमा ः दोर्ण चौधरी

वडा नं. १५ ः अध्यक्ष ः देवबहादुर बस्नेत, सचिब ः सुवोध चौधरी

वडा नं. १६ ः अध्यक्ष ः चन्द्रबहादुर बस्नेत, सचिब ः कमल नेपाली

वडा नं. १७ ः अध्यक्ष ः सागर अधिकारी

वडा नं. १८ ः अध्यक्ष ः तुलसी रोका, सचिब ः डिल्ली डडेल

वडा नं. १९ ः अध्यक्ष ः दलबहादुर महत, सचिब ः दुर्गा विक

जनवर्गीय संगठन तर्फ ः

किसान संघ ः संयोजक ः कमल रावत, सहसंयोजक ः डम्बर थापा

थारु मोर्चा ः संयोजक ः बालचन्द्र चौधरी

सुकुम्वासी ः संयोजक ः देव गुरुङ

बैठकले विमला ओलीलाई बन्धक बनाएको प्रति पार्टीले खेद प्रकट गरेको थियो । भने, पार्टीका नेता झग्गु चौधरी, सिताराम शर्मा र धनिराम चौधरी सीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । झग्गु चौधरीको प्रेसरको समस्या, धनिरामको दुबै मृर्गौला फेल भएका छन्, भने शर्माको केही दिन अघि मात्रै अपरेशन भएको थियो ।