बलात्कारको कसुरमा दाङका वलीलाई सात वर्ष कैद

दाङ, १८ भदौ । दाङको दंगिशरण गाउँपालिकाका एक व्यक्तिलाई बलत्कार कसुरमा सात वर्ष जेल सजाय हुने भएको छ ।

बलात्कार गरेको कसुरमा दाङ जिल्ला अदालतले दंगीशरण गाउँपालिका २ का दीपक वलीलाई सात वर्ष कैद सजाय गरेको हो ।


जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासले दोषी ठहर गर्दै सात वर्ष कैद, तीन लाख जरिवाना र ४० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलव्ध गराउने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिए ।

वलीले ०८० पुस १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको हो ।