घोराही उपमहानगर : गठबन्धन भन्दा एमाले १८२७ मतले अघि

दीपक बोहरा
दाङ,२ जेठ ।

घोराही उपमहानगरपालिकामा एमालेले गठबन्धनका उम्मेदवारलाई उछिनेको छ । ३६ हजार ३१ मत गन्दा एमालेकाबाट मेयरका उम्मेदवार नरुलाल चौधरी १३००१ मत प्राप्त गरेका छन्, भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा‘डायमण्ड’ले १११७४ मत प्राप्त गरेका छन् । उनीहरुबीच १८२७ मतान्तर हो ।


त्यस्तै उपप्रमुखमा पनि एमालेकै हुमा डीसी अगाडी छन् । डीसीले ११५२२ मत प्राप्त गरेकी छिन्, भने गठबन्धनका तर्फबाट उम्मेदवार काँग्रेसका भुपबहादुर डाँगीले १२४५० मत प्राप्त गरेका छन् । उनीहरुबीच मतान्तर ७२ रहेको छ । घोराही उपमहानगरपालिका यस अघि एमालेले जितेको थियो । घोराहीमा ७६ हजार ५ सय ५२ मत खसेको थियो ।