राजपुरमा २ र ४ वडाध्यक्षमा कांंग्रेसको प्यानलै विजयी

दाङ,२ जेठ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ राजपुर गाउँपालिका–२ मा नेपाली कांग्रेसका उम्मेदवार ओमप्रकाश यादवको प्यानलसहित निर्वाचित भएका छन्। यादवले ६८० मत प्राप्त गरेको छन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेद्वार दुर्गाप्रसाद शर्मालाई २५० मतले हराएका हुन्।

त्यस्तै वडा सदस्यमा गणेशबहादुर चौधरी ७३९ , प्रदिपकुमार चौधरी ६७९, महिला सदस्यमा रीता खनाल ६८२ र दलित महिला सदस्यमा सरीता विक ६९३ मत ल्याई निर्वाचित भई बिजयी भएका छन् ।


त्यसैगरी वडा नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार रामेश्वर यादवको प्यानलसहित विजय भएका छन्। यादवले ३३२ मत प्राप्त गरेको छन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार हिरा लाल अहिरलाई ३२ मतले हराएका हुन्।

वडा सदस्यमा गंगाकुमारी चौधरी ३३१ , मगरे चौधरी २८७, महिला सदस्य अम्वीदेवी बाँनिया ३१० र दलित महिला सदस्यमा प्रेमकुमारी हरिजन ३५५ मत ल्याई निर्वाचित भई बिजयी भएका छन् ।

राजपुर गाउँपालिकामा १,२,३, ४,६ र ७ वडाका मतगणना भइसकेको छ। बाँकी वडा नम्बर ५ को मतगणना हुने काम निरन्तर जारी रहेको निर्वाचन अधिकृत कार्यालय राजपुरले जनाएको छ।