तुलसीपुरमा विभिन्न संघसंस्थाद्वारा पुष्प बृक्षा तथा सरसफाइ कार्यक्रम

तुलसीपुर, १ भदौ ।
दाङको तुलसीपुरमा विभिन्न संघ संस्थाहरुले भुयारथान देखि बाहिनी चोकसम्म पुष्पवृक्षा तथा सरसफाइ गरेका छन । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको नेतृत्वमा सहयोगी बचत तथा ऋण सहकारी संस्था , भुयारथान संरक्षण समिति , पतञ्जली योग साधना केन्द्र र रुकुमेली महिला समाजको सयुक्त आयोजनामा पुष्पवृक्ष तथा सरसफाइ कार्यक्रम भएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर के सीको नेतृत्वमा तुलसीपुरको भुयारथान क्षेत्र, गोदाम घर क्षेत्र, बिरेन्द्र चोक, बि पि चोक, जेसिज चोक हुँदै बाहिनी चोकसम्म सरसकाइ गरिएको थियो ।
सो क्रममा सहभागीले सडक दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै स्थानीयमा सरसफाइमा प्रोत्साहन गर्ने सन्देश लेखिएका प्लेकार्डसहित जनचेतना जगाउने काम गरेका थिए ।



सरसफाइ कार्यक्रममा बोल्ने बक्ताहरुले समाजलाई स्वच्छ, सफा र हराभरा बनाउन दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वतः सफा हुनसक्ने धारणा राखेका थिए ।

पुष्प वृक्ष तथा सरसफाइ कार्यक्रममा सहभागीहरुलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर के सीले धन्यवाद व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका महासचिव भद्र बहादुर ओलिले गर्नुभएको थियो ।