
दाङ, ०४ भदौ ।
दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो समय बढेको छ । अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पतालका निमित्त निर्देशक, सह प्राध्यापक डा. सुरेश रसाइलिले जानकारी दिनुभयो ।
अस्पतालले दिएको तथ्याङ्क अनुसार एक महिनामा शल्यकृयामार्फत प्रसुति सेवा २ सय ३ जना महिलाले प्राप्त गरेका छ्न । त्यस्तै ५ सय ८१ जना महिलाले नर्मल प्रसुति सेवा पाएका छ्न । यो संख्या साउन १ गतेदेखि साउन ३१ गतेसम्म हो ।
त्यस्तै एक महिनाको समयमा प्रतिष्ठानमा २ हजार ३ सय ४८ जनाले प्रसुति बिभागबाट ओपिडि सेवा प्राप्त गरेका छ्न भने
अस्पतालका निमित्त निर्देशक डा। रसाइलिले पछिल्लो समय प्रसूति सेवामा सेवाग्राहीको चाप बढेसँगै विशेषज्ञ जनशक्ति थप गरिएको जानकारी दिनुभयो ।
अस्पताल प्रशासनले स्वास्थ्य संस्थामा सेवा विस्तारसँगै सेवाको गुणस्तर सुधार हुँदै जादा स्थानीय तथा आसपासका क्षेत्रका महिला अस्पतालमा प्रसूति गराउन आकर्षित भएको जनाएको छ ।



लाइभदाङ । ४ भाद्र २०८३, बिहीबार १९:१७ बजे