बंगलाचुली ८ मा माओवादीको प्यानल बिजयी

हिमाल महरा
बंगलाचुली, १ जेठ ।

बंगलाचुली गाँउपालिका वडा नं. ८ मा माओवादी तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार झबिन्द्र गाहामगर विजयी भएका छन् ।
गाहाले ५१३ मत ल्यायर बिजयी भएका हुन । उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार देविराम चर्ची ३६१, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खत्रीले ३५२ मत मात्रै ल्याएका हुन ।


त्यसैगरी मुख्य निर्वाचन अधिकृत हिरण्य भण्डारीका अनुसार महिला सदस्य जानका गाहामगर ५१३, दलित महिला सदस्य तुलसी सुनार ५१६, खुल्ला सदस्य खुमबहादुर गाहा ४९५, खुल्ला सदस्य पालसिंह गाहा ५०० मत लियर बिजयी भएका छन् ।

अध्यक्षमा गठबन्धका उम्मेदवार तुलसीराम पुन (सुवास) ले ६९१ निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भेषराज खत्री ४११ र उपाध्यक्षमा गठबन्धका उम्मेदवार भक्तबहादुर जिसीले ७५९ निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सरस्वती घर्तीमगर ३२२ प्राप्त गरेका छन् । अहिले बंगलाचुली ३ र ७ नं. वडा को मतगणना जारी रहेको छ ।