नेपाल उद्याेग व्यापार महासंघ तुलसीपुर सम्मानित

तुलसीपुर, १८ वैशाख ।
नेपाल उद्याेग व्यापार महासंघकाे चाैथाे साधारणसभा तथा दाेस्राे राष्ट्रिय महाधिवेशनका अवसरमा महासंघ तुलसीपुर शाखालाई सम्मान गरेकाे छ ।


नियमित बैठक सञ्चालन, कार्यालय व्यवस्थापन, सदस्य संख्या, सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान, सरोकारवाला तथा सरकारी निकायसँग प्रभावकारी समन्वय गरेकाे भन्दै सम्मान प्रदान गरिएकाे हाे ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पाैडेलले नगर अध्यक्ष बेदप्रसाद वलीलाई सम्मान पत्र प्रदान गरेका हुन् । गैडाकाेटमा भएकाे उद्घाटन समाराेहमा यसरी सम्मान प्रदान गरिएकाे हाे ।