दाङमा बबई नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

दाङ
२९ बैशाख / दाङको बवई नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवा निवासी १५ वर्षीय गौरब सुवेदी रहेका छन् ।

बिहिवार दिउँसो पौउने २ बजेतिर दंगीशरण ४ बैबाङ स्थित बवई नदीमा पौडी खेल्न पुगेका सुवेदी डुबेको अबस्थामा मृत फेला परेका थिए । उनको शवलाई पोष्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।


त्यस्तै बवई नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोर वेपत्ता भएका छन् । बिहीबार दिउँसो १ बजेतिर बबईमा नुहाउन गएको समयमा घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी १६ बर्षीय प्रसान्त वली बेपत्ता भएका हुन् ।

उनी तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुरा मामा घर पुजामा गएका बेला पौडी खेल्न बबई गएका थिए । उनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।