तुलसीपुरमा विहानदेखि विद्यालय खुले, घोराहीमा बन्द

तुलसीपुर, ४ असार । दाङको तुलसीपुर उपमहानगरपालिकामा आज(मंगलबार)देखि विद्यालय खुलेका छन् ।

विहान ६ बजेदेखि १० बजेसम्मकालागि विद्यालय खुलेका हुन् ।

प्रायः विद्यालयले कक्षा ८ देखि माथिल्लो तहका विद्यार्थीहरुलाई विहानको कक्षा दिएका छन् ।


घोराहीले भने बुधबारसम्म विद्यालय बन्द कायम गरेको छ । पानी नपर्दासम्मकालागि विद्यालय बन्द गर्ने घोराही उपमहानगरपालिकाले बताएको छ । दाङमा गर्मीले जनजीवन प्रभावित छ ।

अझै पनि जिल्लामा ३९ डिग्रीकै पेरिफेरीमा गर्मी छ ।