जनताको खुसी नै मेरो खुसी : खुसीराम

तुलसीपुर
२६ वैशाख / गठबन्धनको तर्फबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का उम्मेदवार खुसीराम चौधरीले जनताको खुसी नै आफ्नो खुसी भएको बताएका छन् । उनले जनताका हरेक समस्यालाई समाधान गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् । माओवादी केन्द्रका नेता समेत रहेका चौधरीले आफू जनतालाई जहाँ समस्या पर्छ, त्यहाँ पुग्ने बताए ।

अहिले ऐलानी, सिंचाई, शिक्षा,स्वास्थ्य,कृषिमा निकै समस्या रहेको भन्दै उक्त समस्या समाधानकालागि आफू सधै जनतासंगै रहने बताए । तुलसीपुर १२ को रझेनीमा भएको चुनाबीसभामा उनले यस्तो बताएका हुन् । उनले अरुको कुरा बढि गर्ने, तर काम नगर्ने भएपनि आफू भने थोरै कुरा गर्ने र धेरै काम गर्ने बताए ।


अध्यक्ष चौधरीले जनताका समस्या आफू नजिकबाट जानकार भएको भन्दै उनले हरेक समस्या समाधान गर्ने बताए । उनले आफू जनप्रतिनिधि नहुँदा पनि जनताका हरेक समस्यासंग जुधेको समेत बताए ।