तीन–तीन महिनामा प्रहरी फेरिदा हर्न निषेध सफल पार्न गाह्रो भयो ः बीरेन्द्र शाह

तुलसीपुर
२६ वैशाख / तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का उम्मेदवार तथा निवर्तमान अध्यक्ष बीरेन्द्र कुमार शाहले तीन–तीन महिनामा प्रहरी फेरिदा हर्न निषेध सफल पार्न गाह्रो भएको बताए ।

उनले तुलसीपुरमा पत्रकार सम्मेलन गरि यस्तो बताए । उनले आफूले बजारलाई हर्न निषेधित क्षेत्र बनाएको भएपनि सुरु–सुरुमा केही कार्यान्वयन भएपनि पछि त्यसले सफलता पाउन नसकेको बताए । उनका अनुसार कार्यान्वयनको जिम्मा प्रहरीलाई भएपनि तीन–तीन महिनामा प्रहरी फेरिदा त्यसलाई कार्यान्वयनमा समस्या भएको बताए ।


साथै उनले अरु जस्तो ठूला–ठूला काम गर्छु, भनेर गफ नदिने तर, जनताका स–साना समस्याहरुलाई समाधान गर्नतर्फ तत्पर रहने बताए । जनतालाई सडक,कृषि, रोजगार, सिंचाई, शिक्षा,स्वास्थ्यलगातका कुरा आबश्यक रहेको भन्दै त्यस्ता कुराहरुमा गम्भीर भएर लाग्ने बताए ।

त्यस अवसरमा माओवादी केन्द्र तुलसीपुर ५ का इञ्चार्ज मिनराज भण्डारी, काँग्रेसका वडासभापति नबीन बुढाथोकीले गठबन्धनलाई विजयी बनाउन अनुरोध गरे । प्रतिगमनका विरुद्धको यो गठबन्धन रहेको र विकास र समृद्धिकालागि पनि यो गठबन्धन आबश्यक रहेको उनीहरुको भनाई थियो । कार्यक्रमको सहजीकरण माओवादी केन्द्रका वडा सहइञ्चार्ज प्रकाश वलीले गरेका थिए ।