नक्सा पास नगरेकाले विद्युतका संरचना भत्काउनु पर्ने हुन सक्छ : मेयर पाण्डे

दाङ
२७ वैशाख / तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले नक्सा पासलगायतका प्रक्रिया पूरा नगरेकाले विद्युतका संरचना भत्काउन सकिने बताएका छन् । मंगलबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि पाण्डेले अहिले पनि विद्युत कार्यालय तुलसीपुरले बनाएका संरचाहरु कानुन बमोजिम पास नगरेको बताए ।‘हामीले विद्युत कार्यालय तुलसीपुरलाई कानुन बमोजिम नक्सा पास गर्नु भनेका छौं’,उनले भने‘यदि नक्सा पास नगरे तपाइहरुको संरचना भत्काउनु पर्ने हुन सक्छ भनेका छौं ।’ विद्युत प्राधिकरणले स्थानीय सरकारको कानुन परिपालन नगरेको समेत उनले बताए ।

तुलसीपुरमा संघ, प्रदेश सरकार अन्तर्गत पर्ने सडक र विद्युतका संरचना रहेको भएपनि त्यहाँ बलेका सडक बत्तिको विल उपमहानगरपालिकाले तिनुपर्ने कुरा विधि, प्रक्रियासम्बत नभएको समेत उनको भनाई थियो । राजनीतिक पूर्वाग्राही राखेर उपमहानगरपालिकाको कार्यालयको विद्युत काटिएको समेत उनले आरोप लगाए ।‘जहाँको स्थानीय तहमा एमालेले चुनाब जितेको छ, त्यस्ता पालिकालाई असहयोग गर्ने अहिलेको गठबन्धनको सरकार र त्यो सरकारबाट नियुक्ती पाएकाहरुले गतिबिधि गरिरहेका छन्’,उनले भने‘ विद्युत प्राधिकरणका सीइओ कुलमान घिसिङबाट पनि हामीले त्यस्तो ब्यहोर्नु प¥यो ।’


साथै उनले उपमहानगरपालिका भित्र निर्माण भएका विद्युतका संरचनाबाट कर निर्धारण गरेर कर लिनुपर्ने समेत उनले बताए ।

पाण्डे थर मिलेकाले मलाई जोडियो
उनले पाण्डे थर मिलेकाले चारलेनमा आफ्नो नाम जोडिएको बताए ।‘ चारलेनको ठेक्का भारतीय निर्माण कम्पनीले लिएको थियो’,उनले भने‘नेपालका प्रतिनिधि प्रविण पाण्डे थिए, घनश्याम पाण्डे र प्रविण पाण्डे दुबै पाण्डे–पाण्डे थर जोडेर मेरो बदनाम गरियो ।’ अहिले नबन्ने अबस्थामा रहेको सडकलाई नियमित सञ्चालन गर्ने वातावरण तयार गरेको समेत उनले बताए ।