दाङमा राष्ट्रिय हाप्किडो च्याम्पियनसिप हुने

दाङ
२४ साउन / नेपाल मार्शल आर्टस्को आयोजनामा दाङमा पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । संघले आइतवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि घोराहीमा आगामी पुस १३ गतेदेखि १६ गतेसम्म प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।

खेलाडीको स्तरवृद्धि र खेलक्षेको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल मार्शल आर्टस हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिए । प्रतियोगितामा देशका सातै प्रदेशका खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगितामा खेलाडी,प्रशिक्षक,अतिथिलगायतका करिव ७ सयको सहभागिता हुने बताए ।

खेलकुदको विकाससँगै प्रत्येक युवालाई सभ्य,अनुसासित नागरिक बनाउने उद्देश्यले संघले विद्यालय तहदेखि नै खेलाडी उत्पादनलाई प्राथमिकता दिएको छ । खेलले युवाहरुको शारिरीक वृद्धि, विकास र त्यसमार्फत राष्ट्रको इज्जत उच्च बनाउनेदेखि आत्मविश्वास र आत्मरक्षाका लागि सहयोग पु¥याउने बताए ।


पुसमा हुने प्रतियोगितामा खेलाडीहरुले सेल्फ डिफेन्स, डेमोन्स्टे«सन, हाईफल, लङ फलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ दश तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत २०–२५, २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ र ६५–७० गरी १० तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक नेपाल मार्शल आर्टस हाप्किडो संघ दाङका अध्यक्ष भुवन बुढामगरले बताए ।

उनका अनुसार प्रतियोगितामा प्रत्यक तौल समूहमा पहिलो, दोश्रो र तेस्रो हुने खेलाडीहरुलाई नगद पुस्कार प्रदान गरिनेछ । प्रतियोगितामा बिना शूल्क खेलाडीहरु सहभागिता हुन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । नेपाल मार्शल आर्टस हाप्किडो संघले सन २०२२ को अगस्ट महिनामा हाप्किडो सम्वन्धी काठमाडौंमा अन्तराष्ट्रिय सेमिनार गर्न थालेको छ ।

उक्त सम्मेलनमा विभिन्न ५० देशका प्रतिनिधिहरुको सहभागिता गराउने लक्ष्य राखिएको संघले जनाएको छ ।