तुलसीपुर मासुमण्डीको अनुगमन

हरिश गिरी
तुलसीपुर,२४ साउन / तुलसीपुर बसपार्क स्थित मासु मण्डीको अनुगमन गरिएको छ । उपमहानगरपालिको उपभोक्ता हित संरक्षण शाखाले अनुगमन गरेको हो ।

आइतबार बिहान बस पार्क स्थित पशु बधशाला स्थित, मासु पसल र पशुपंक्षी बध गर्ने स्थानको अनुगमणका क्रममा मापदण्ड अनुसार सरसफाईमा ध्यान नदिएको पाइएको हो । अनुगमण टोलिले सरसफाई गर्न, झिंगा नलाग्नेगरी जालीको व्यवस्था गर्न, डि–फ्रिजको व्यवस्था र पसल नविकरण गर्न समेत निर्देशन दिएको छ । निर्देश कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिइएको छ ।


बधशालामा रहेका मासु पसललहरुमा झिंडा भन्किएको, सरसफाईमा ध्यान नदिएको र उपभोक्ताहरु बासी मासु खरिद गर्न बाध्य भएको भन्दै जनगुनासो आएपछि उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा अनुगमण गरिएको थियो । रागाँ, खसी, कुखुरा, बंगुर लगाएतका कबिर एक दर्जन मासु पसलमा अनुगमण गरिएको थियो ।