
तुलसीपुर,१३ असार ।
दाङको तुलसीपुर–१४ खौसापुरमा रहेको सुन्दररानी सामुदायिक वनको छेउबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोही वन नजिकबाट तुलसीपुर–१३ का २८ वर्षीय सचिन नेपालीलाई नियन्त्रणमा लियो।
उनको साथबाट प्रहरीले २९ ग्राम १४० मिलिग्राम ब्राउन सुगर, २४ हजार ८५० रुपैयाँ नगद, एक थान स्मार्टफोन र दुई थान मोबाइल सेट बरामद गरेको छ। अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्ति यसअघि पनि लागूऔषधसम्बन्धी मुद्दामा अदालतबाट फरार रहेका अभियुक्त रहेको खुल्न आएको छ।
हाल उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी थप कानुनी प्रक्र्या अगाडि बढाइएको प्रहरीले जनाएको छ।



लाइभदाङ । १३ असार २०८३, शनिबार ०६:३३ बजे