अबैद्य उत्खनन् गर्ने १० ट्याक्टर नियन्त्रणमा

दाङ,२६ चैत ।
दाङको लमही नगरपालिका वडा नं. ७ बनगाई र हस्नापुर ईलाकामा पर्ने अर्जुन खोलामा अबैद्य उत्खनन् गर्ने १० वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । आइतबार राति २ बजेतिर अवैद्य रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा ती ट्र्याक्टरहरु नियन्त्रणमा लिइएको हो ।


सशस्त्र प्रहरी बल अर्जुनखोलाबाट सशस्त्र प्रहरी निरीक्षक ईश्वर डिसीको नेतृत्वमा खटिएको टोलीले लमही नगरपालिका वडा नं. ७ बनगाईबाट ६ ओटा र सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरको नेतृत्वमा खटिएको गस्ती टोलीले लमही नगरपालिका ७ हस्नापुरबाट ४ ओटा ट्र्याक्टरहरु बालुवा सहित नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिईएका ट्र्याक्टरहरुलाई आवश्यक कानुनी प्रकृयामा लगिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।