तुलसीपुरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि बाख्रापालन तालिम तथा प्रविधि हस्तान्तरण

तुलसीपुर, १३ असार ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ मा अपाङ्गता भएका व्यक्तिहरूका लागि एक दिने बाख्रापालन तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सबल बनाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ को आर्थिक सहयोग, हात्तीढुंगा अपाङ्गता समावेशी स्वावलम्बन समूहको सह(आयोजना तथा अपाङ्ग सेवा संघ दाङको आयोजनामा वडा कार्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो।

आर्थिक सशक्तिकरणमा जोड: बाख्रा र सिलाई मेसिन वितरण
कार्यक्रममा वडाभित्रका २७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई बाख्रापालन सम्बन्धी व्यावसायिक तालिम प्रदान गरिएको थियो। सोही अवसरमा आर्थिक आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले ४ जनालाई बाख्रा र १ जनालाई सिलाई मेसिन खरिदका लागि नगद रकम समेत हस्तान्तरण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि एवं तुलसीपुर उपमहानगरपालिका वडा नं। १४ का वडा अध्यक्ष शंकर कुमार खड्काले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार्न सीप सिकाई र आर्थिक सशक्तिकरण आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयोस्


ूअपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन र उनीहरूलाई आत्मनिर्भर बनाउन वडा कार्यालयले यो कार्यक्रम ल्याएको हो। आगामी दिनहरूमा पनि वडा कार्यालयले समग्र अपाङ्गता भएका व्यक्तिहरू र वडाबासीको अभिभावकका रूपमा निरन्तर काम गरिरहनेछ।

सरोकारवालाहरूको उपस्थिति
हात्तीढुंगा अपाङ्गता समावेशी स्वावलम्बन समूहका अध्यक्ष पोषणराज खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि एवं जिल्ला समन्वय समिति दाङका सदस्य सरस्वती नेपाली, वडा सदस्यहरू पदम बहादुर बस्नेत र धनिराम चौधरी, वडा सचिव आशाराम चौधरी, समाजसेवी नोखिराम वि।क। तथा अपाङ्ग सेवा संघ दाङका अध्यक्ष देवा डाँगी लगायतले आ(आफ्नो मन्तव्य राख्दै यस्ता लक्षित वर्गका कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो।

समूहका सदस्य लक्ष्मणराज श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मिना चौधरीले गर्नुभएको थियो भने तालिमको प्रशिक्षण सुदाम भट्ट र देवा डाँगीले गर्नुभएको थियो।