दाङ–३ : दीपकको सुरुवाती अग्रता

दाङ
५ मङ्सिर / दाङ क्षेत्र नं. ३ को प्रतिनिधिसभामा गठबन्धनका दीपक गिरीले सुरुवाति अग्रता लिएका छन् । एक हजार तीनसय १८ मत गन्दा गिरी १२३ मतले अघि छन् । उनले ६ सय ११ मत ल्याएका छन्, भने एमालेक कोमल वलीले ४ सय ८८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

क्षेत्र नं. १ मा एक लाख ३४ हजार ७ सय ३३ मतदाता मध्ये ८० हजार ७ सय मतदान भएको छ । त्यस्तै दाङ क्षेत्र नंं.३ को प्रदेशसभा १ मा पनि गठबन्धनका डिल्ली चौधरी अगाडी छन् ।


एक हजार मत गन्दा चौधरीले ५ सय ६० मत प्राप्त गरेका छन्, भने प्रतिद्वन्दी एमालेका घनश्याम पाण्डेले ३ सय ७९ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर १ सय ८१ रहेको छ । क्षेत्र नं. १ को लमही नगरपालिकाको हलमा मतगणना भइरहेको छ ।