तुलसीपुर १२ बासीलाई सुखी र खुसी बनाउने‘खुसीराम’को योजना

तुलसीपुर
,२१ वैशाख / तुलसीपुर उपमहानगरपालिका वडा नंं १२ लाई समृद्ध बनाउन वडाध्यक्षको उम्मेदवार खुसीराम चौधरीले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका खुसीराम चौधरीसहित सदस्यका उम्मेदवार काँग्रेसका धनराज गौतम(प्रकाश), शेषमणी भण्डारी तथा माओवादी केन्द्रका कमला घर्ती मगर र विमला बिकले संयुक्त रुपमा घोषणा पत्र जारी गरेका छन् ।

उक्त घोषणा पत्रमा टरिगाउँ एयरपोर्ट नियमित सूचारु गर्नेदेखि बबई नदीको पानीलाई लिफ्टिङ गरि वडाको सम्पूर्ण भाग सिंचाई गर्ने उल्लेख छन् । घोषणा पत्रमा उक्त वडामा रहेको टरिगाउँ एयरपोर्टलाई ब्यबस्थित गरि नियमियत हवाई सञ्चालन गर्ने, राप्ती बबई क्याम्पसलाई विश्व विद्यालयका रुपमा स्तरोन्नती गर्ने, उक्त वडामा रहेका २ वटा विद्यालयमा केही बर्षदेखि सञ्चालनमा रहेका बहुप्राबिधिक शिक्षालयको स्तरबृद्धि गर्ने,वडामा रहेका विपन्न, गरीब, दलित, शहीद, अपाङ्ग, असक्त परिवारका बालबालिकाहरुको लागि निःशुल्क शिक्षा दिने तथा रोजगारको व्यबस्था गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

त्यस्तै वडाको मुख्य बाटोका रुपमा रहेका कपडादेवीदेखि सितलपुरसम्म जोड्ने बाटो तथा पश्चिममा पुकार पसल हुँदै जसपुर चौकी जोड्ने बाटोको स्तरबृद्धि गर्ने तथा कालोपत्रे गर्ने, वडा भित्र ग्वारखोलाले कटान गरेको भागलाई तारजाली तथा ब्यबस्थित करिडोरको निर्माण गर्ने, पुरानो एतिहासिक तथा धार्मिक स्थल सितलपुरलाई स्तरोन्नती तथा ब्यबस्थित गर्ने, वडा भित्रका जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला, विद्युत सेवाग्राही तथा अन्य सेवाग्राहीको सेवा वडाबाटै प्रदान गर्ने समेत प्रतिबद्धता पत्रमा उल्लेख छ ।


वडाका हरेक ब्यक्तीको घरमा सुद्ध पिउने पानीको व्यबस्थापन गर्ने, सिंचाइकोलागि पक्की नाला निर्माण गर्ने, युवालाई खेल क्षेत्रमा प्रोत्साह गर्नकालागि खेद मैदान निर्माण तथा खेल सामग्री सहयोग गर्ने,वडाको कला संस्कृतिको पहिचान गर्ने,युवा–युवति, बालबालिका, महिला, कृषक तथा अन्य ब्यक्तीहरुलाई सीप मुलक तालीम प्रदान गरिने, असाहाय तथा विपन्न परिवारलाई राहातको ब्यबस्थापन गर्ने, वडाका अन्य सरकारी संघसंस्थाहरुलाई सहयोग गर्ने,वडाको स्वस्थ्य चौकीको स्तरबृद्धि तथा ब्यबस्थि तगर्दै दम, सुगर, प्रेसर, टिबिलगायतका रोगहरुको निःशुल्क चेकजाँच तथा अन्य रोगको औषधीसमेत उपलब्ध गराउने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

त्यस्तै सामुदायिक विद्यालयमा अध्ययन गरेका वडा भित्रका छात्रछात्राहरुलाई निःशुल्क प्राबिधिक शिक्षा प्रदान गरिने, नमूना कृषि क्षेत्र निर्माण गरि उचित भण्डारणको ब्यबस्थापन गर्ने, पशुपंक्षी तथा बालिनालीमा देखिने रोगको पहिचान तथा उपचारकालागि कृषकहरुलाई निःशुल्क विशेषज्ञको व्यबस्था मिलाउने,कृषिकलाई मल, विउ तथा कृषि अनुदानलाई सुलभ र सहज तरिकाले उपलब्ध गराउने, गर्भवति, सुत्केरी महिला, नबजात शिशुहरु तथा अशक्त बृद्धबृद्धाहरुको निःशुल्क स्वास्थ्य जाँच गर्नुकासाथै उनीहरुको औषधी उपचार र पौष्टिक आहारको पनि ब्यबसथा गर्ने, बेरोजगार युवायुवतिहरुलाई उनीहरुको क्षमता बृद्धि गरि तालिम प्रदान गरिने समेत प्रतिबद्धता पत्रमा उल्लेखछ । साभारः अग्रिम साप्ताहिक

May be an image of 14 people, people standing and text