दाङ, २९ भदौ ।
दाङको राप्ती गाउँपालिकामा ५९ औं राष्ट्रिय बाल दिवस कार्यक्रम सम्पन्न भएको छ ।
“बालबालिकामा लगानी, सुनिश्चित भबिष्यको थालनी” भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहयोगमा पालिका स्तरीय बाल सञ्जाल तथा किशोरी सञ्जालको संयुक्त आयोजनामा बाल दिवस कार्यक्रम सम्पन्न भएको हो । दिवसका अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
७ वटा बाल क्लवले भाग लिएको प्रतियोगितामा ४ नम्बर वडा स्तरीय बाल क्लव प्रथम, ६ नम्बर वडा स्तरीय बाल क्लव द्वितीय र ५ नम्बर वडा स्तरीय बाल क्लव तृतीय भएका छन् । विजेताहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
किशोरी सञ्जालकी अध्यक्ष पुजा कुवरको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले बालबालिकाको क्षेत्रमा लगानी गरे त्यसबाट राम्रो प्रतिफल आउने बताउनु भयो।
त्यस्तै अध्यक्ष चौधरीले बालबालिका भनेका भविष्यका कर्णधार भएकाले बालबालिकालाई सिजर्जनात्मक कार्यमा लगाउन जरूरी रहेको बताको समेत बताउनुभयो ।
सो अवसरमा राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकि जिवनकुमारी जिसी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। बाल सञ्जालका कोषाध्यक्ष लक्ष्मण चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन बाल सञ्जालका अध्यक्ष ताराप्रसाद शर्माले गर्नु भएको थियो।
लाइभदाङ । २९ भाद्र २०८०, शुक्रबार १८:१९ बजे