१५ जना स्रष्टा दाङ र काठमाण्डौमा

दाङ, २४ कार्तिक । मानवअधिकार तथा शान्ति समाजले १५ जना स्रष्टाहरुलाई विभिन्न पुरस्कारले सम्मान गरेको छ ।
महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारि देशका बिभिन्न स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेको हो । दाङको तुलसीपुरमा सुदुर पश्चिमको कञ्चनपुरकी मधु हमाललाई गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रदान गरिएको छ । भने काठमाडौं मा आयोजित कार्यक्रममा १४ जना स्रष्टलाई सम्मान गरिएको समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति एवम पुरस्कार छनौट समितिका सदस्य सुशील बस्नेतले जानकारी दिनुभयो ।
शान्ति समाज दाङको आतिथ्यतामा भएको कार्यक्रममा सम्मानित स्रष्टा हमाललाई प्रमुख अतिथि उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश डाक्टर रत्न बहादुर बागचनले प्रदान गर्नुभएको थियो ।
शाखाका कार्यबाहक सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा । प्रमुख अतिथि मुख्य न्यायाधीश डाक्टर बागचनले मानव अधिकार र शान्तिका लागि साहित्यिक क्षेत्रबाट महत्वपुर्ण योगदान भैइरहेको बताउनु भयो कार्यक्रममा ९ जना स्रस्टाले आ आफ्नो सृजना प्रस्तुत गर्नु भएको थियो ।

शान्ति समाजका निवर्तमान केन्द्रीय बरिष्ठ उपसभापति एवम पुरस्कार छनौट समितिका सदस्य सुशील बस्नेतले छनौट प्रकृयाका बारेमा जानकारी गराउनु भएको थियो । केन्द्रीय सचिव निर्मल नेपालीले सम्मानित ब्यक्ति मधु हमालको ब्यक्तित्व तथा कृतिका बारेमा जानकारी दिनुभयो ।
समाज दाङका कार्यबाहक सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा सदस्य निर्मला गौतमले स्वागत र कार्यकम सन्चालन अमृत शर्माले गर्नुभएको थियो ।
त्यस्तै वर्ष २०८० को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान स्रष्टा राजेश्वर नेपाली (धनुषा )लाई प्रदान गरिएको छ
त्यस्तै प्रेस स्वतन्त्रता सेनानी, लोकतन्त्र र स्वतन्त्रताका पक्षमा विशिष्ट योगदान गरेका राजेश्वर नेपालीको २०८० भदौ ११ गते निधन भएको छ । शान्ति समाजले उहाको निधनअघि नै स्रष्टा सम्मान गर्ने प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।

यसैगरी चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.राजेन्द्र विमल (जनकपुर), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान डा.रामप्रसाद ज्ञवाली (गुल्मी), कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान सुलोचना मानन्धर (काठमाडौं)लाई प्रदान गरिएको छ।


त्यस्तै ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान डा कृष्णराज चौधरी सर्वहारी दाङ, पवित्रादेवी चौलागाई मानवअधिकार स्रष्टा सम्मान सावित्री कक्षपती पाल्पा, मानबहादुर रावल वातावरण स्रष्टा सम्मान प्रादन प्राध्यापक डाक्टर नवराज पाण्डेय अर्घाखाँचीलाई प्रदान गरिएको छ ।
यसैगरी जोगमाया बराल स्रष्टा सौगात मुकुन्द आचार्य मकवानपुर, भूमिप्रसाद बराल स्रष्टा सौगात बाजुराम पौडेल काठमाडौं, जनककुमारी रेग्मी स्रष्टा सौगात कमलादेवी हेमचुरी ललितपुर, श्रीप्रसाद दाहाल स्रष्टा सौगात लीला राना स्याङ्जा, राधादेवी दाहाल स्रष्टा सौगात मधुराज केरुङ पाँचथर पनि सम्मानित हुनुभएको छ ।

श्रीनारायण दाहाल स्रष्टा सौगात मधु शाही बस्नेत हुम्ला, पद्मप्रसाद दाहाल स्रष्टा सौगात हंसवति कुर्मी कपिकपिलबस्तुलाई प्रदान गरिएको छ ।

पुरस्कृत स्रष्टाहरुले मानवअधिकार, शान्ति, लोकतन्त्र र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त मैथिली, भोजपुरी, संस्कृत, नेवारी, थारु, अवधी, मगर र लिम्बु गरी ८ भाषामा विशेष योगदान गर्नुभएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा शुक्रवार कार्यक्रमको आयोजना गरी २० हजार पुरस्कार राशि सहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गरिएको छ ।