गढवा– ५ मा एमालेका सबै महिला उम्मेदवारको पक्षमा माहोल

दाङ,२० बैशाख ।

आसन्न बैशाख ३० को स्थानीय निर्वाचनका लागि देउखुरीको गढवा गाउँपालिका वडा नं. ५ मा नेकपा एमालेले उम्मेदवार बनाएका सबै महिलाको पक्षमा माहोल तातेको छ ।
गठबन्धनले महिला सहभागितालाई उपेक्षा गरिरहेको अवस्थामा दाङका १० ओटै स्थानिय तहमा सम्मानजनक महिला उम्मेदवारी दिएको एमालेले देउखुरीको गढवा– ५ मा भने सबै महिलालाई उम्मेदवार बनाएको हो ।


गढवा गाउँपालिका वडा नं. ५ मा वडा अध्यक्ष देखि सदस्य सम्म सबै पदमा उम्मेदवारी दिएका महिलाहरुलाई जिताउन सबै महिला एक जुट हुनुपर्ने स्थानिय स्तरबाट आवाज उठीरहेको छ । अध्यक्ष पदकालागि सिता थापा, खुल्ला सदस्यहरुमा बर्षा पाण्डे, शान्ती चौधरी, महिला सदस्यका लागि प्रतिमा चौधरी र दलित महिला सदस्यमा जिबी बिकलाई जिताउन अन्य दलका कार्यकर्ताले पनि लविङ गरिरहेको बताइएको छ । महिलालाई उपेक्षा गरेर दिएको उम्मेदवारीले गाउँ समाजको भलो नगर्ने भन्दै गढवा– ५ मा पहिला उम्मेदवारको पक्षमा माहोल बनेको छ
नेकपा एमाले गढवाका अध्यक्ष बाबुराम अधिकारीले अत्याधिक बहुमतले गढवा–५ का सबै महिला उम्मेदवारले जित हासिल गर्ने बताउनुभएको छ ।

वडा अध्यक्ष जितेपछि डटेर काम गर्ने बताउँदै अध्यक्ष पदका उमेदवार सिता थापाले भन्नुभयो, ‘महिलाहरुको नेतृत्वमा हुने काम पारदर्शी हुन्छ । हामी पाँच बर्षमा आफ्नो वडालाई जिल्लाकै नमूना बनाउने छौं ।’