दंगीशरणमा माटो परीक्षण शिविर शुरु

प्रमोद आचार्य 

दंगीशरण, ८  जेठ ।  नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहि १५ को साझेदारी दंगीशरण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा ४ दिने माटो परीक्षण शिविर आजदेखि दंगीशरण गाउँपालिकाको कृषि साखामा शुरुभएको छ । गाउँपालिकाका ७ वटै वडाबाट माटोको सेम्पल माग गरी कृषि कार्यालयबाट करीव ७०० किसानको माटो परीक्षण गर्ने अनुमान सहित माटो परीक्षण शिवीर आयोजना गरीएको कृषि साखा प्रमुख शरु भुषालले बताउनुभयो ।

कृषि खाद्य प्रविधि तथा भुमि ब्यबस्था मन्त्रालाय कृषि विकाश निर्देसनालय माटो तथा मल परीक्षण प्रयोगसाला खजुरा बाकेको प्राविधिक टोलिले माटो परीक्षण गर्ने कृषिसाखा प्रमुख भुषालले बताउनुभयो ।

माटो परीक्षण शिवीरको उद्घाटन गर्नुहुदै गाउँपालिका अध्यक्ष शम्भु गिरीले माटो परीक्षण शिविरले कृषि क्रान्तीको शुरुवात भएको महसुस गर्नुभयो । कृषि उत्पादनमा वृद्धि गर्नपनि माटो परीक्षण अपरीहार्य रहेको अध्यक्ष गिरीको भनाइथियो ।

माटोमा गुमेको तत्वलाई पुन: ल्याउनलाई किसानले आफ्नो माटो प्राविधिक सङ्ग लगि माटोलाई पहिलेकै अवस्थामा ल्याउन किसानहरु जागरुक भएको देख्दा खुसि लागेको अध्यक्ष गिरीको भनाइथियो ।कृषिप्रधान देश भनेर चिनिने हाम्रो देशमा पछिल्लो समयमा कोदो फापर जस्ता बस्तुपनि आयात गर्नुपर्ने अवस्था आएको प्रती दु:ख ब्यक्त गर्नुभयो।


कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले हामि किसान हौ तर खेतीपाती कसरी गर्नि भन्नि कुरा सम्म थाहा नपाएका हामिलाइ माटो परीक्षणले सहयोग गर्ने वताउनुभयो ।कुन वालि कहाँ र कस्तो ठाउँमा लगाउनि भन्ने कुरा कृषि प्राविधिकको सल्लाह अनुसार गर्नुपर्ने उपाध्यक्ष खड्काको भनाइथियो । बालिनालिमा आएको ह्रासलाई कम गर्दै कृषि उत्पादनमा वृद्धि गर्न आफुहरु सक्रिय रुपमा लागेको उपाध्यक्ष खड्काले बताउनुभयो ।

यस्तै कृषिसाखा प्रमुख शरु भुषालले माटोलाई चाहिने भिटामिन र रासायनिक मलको मात्रा अनुकुलित तवरले प्रयोग गर्नपनि माटो परीक्षण आवश्यक हुने बताउनुभयो ।

फिल्ड गएर कस्तो माटोमा कस्तो बालि लगाउने र माटो कसरी चेक गर्ने भन्ने कुराहरु आफुहरुले वडा वडामा पुगि किसानहरुलाई सिकाउदै आएको प्रमुख भुषालले बताउनुभयो ।

माटो परीक्षण शिविर वडा नम्बर ३ का वडा अध्यक्ष शुकलाल चौधरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा माटो परीक्षण शिविरको औपचारिक उद्घाटन गरीएको हो ।