महिला सहकारी संस्थालाई आयआर्जनको पाटोसँग जोड्न आवश्यक

तुलसीपुर, १२ असोज ।
महिला सहकारी संस्थालाई ऋण र कर्जा प्रवाहका लागि मात्रै नभएर आयआर्जनको पाटोसँग जोड्न आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले यसका साथै महिलाहरुको हक अधिकार, शशक्तिकरणका लागि पनि सहकारी संस्थाहरुले महत्वपूर्ण भुमिका खेलिरहेको बताएका छन् ।

तुलसीपुर १० मा रहेको सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थाको १७ औ साधारण सभामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । महिलाहरुले आर्थिक र सामाजिक उन्नति गरेको , परनिर्भर होइन आत्मनिर्भर हुनुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख माया श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिका पुर्व उपमेयर माया आचार्य, तुलसीपुर उपमहानगरपालिका वडा नंबर १० का अध्यक्ष यमराज केसी, जिल्ला बचत संघका अध्यक्ष तथा लुम्बिनी प्रदेश सचिव रुप बहादुर खत्रीले अहिलेको परिस्थितिमा बचत अत्न्यन्तै आवश्यक रहेको बताउनु भयो ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्य तथा उपप्रमुख स्यानी चौधरीको विशिष्ट आतिथ्यता एवम् पुर्व उपमेयर माया आचार्यको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा तुलसीपुर १२ का वडा सदस्य कमला घर्ती, जिल्ला बचत संघका अध्यक्ष तथा लुम्बिनी प्रदेश सचिव रुप बहादुर खत्री, राष्ट्रिय सहकारी बैंक शाखा तुलसीपुरका प्रमुख अजय रोका, सिद्देश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृषि चौधरी लगायतले बोल्नु भएको थियो ।


सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थाका सचिव रमा आचार्यले प्रगति प्रतिवेदन, लेखा संयोजक शुशीला लामिछानेले लेखा प्रतिवेदन र डिला केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारण सभामा सिर्जना महिला बचत तथा ऋण सहकारी सस्थाका सेयर सदस्यहरु मध्येबाट सफल व्यवसायी मनु शाह, कलसा केसी, बसन्ती चौधरी, कुम कुमारी केसी र राधा केसीलाई सम्मान गरिएको छ ।

यस्तै असल बचत कर्ता शान्ता राणा, प्रेम कुमारी खड्का, धनिमाया थापालाई सम्मन गरिएको थियो भने जेष्ठ सदस्यमा पार्वता आचार्य, मिना न्यौपाने, बुधनी चौधरी, सावित्रा न्यौपाने, जगनी चौधरीलाई सम्मान गरिएको छ । कार्यक्रमको सहजीकरण संस्थाकी सचिव रमा आचार्यले गर्नु भएको थियो ।