पत्रकारिता क्षेत्रमा पेशागत सुरक्षा चुनौतिपूर्ण

सुशील बस्नेत
दाङ,२० बैशाख ।

ब्यबासायिक पत्रकारिताका लागि पेशागत सुरक्षा चुनौतिपूर्ण रहेको बिभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले बताएका छन् । मे. ३ का सन्र्दभमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाको बिषयक अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ अन्तराष्ट्रिय सम्बन्ध बिभागका सदस्य गोपाल शर्मा भट्टराई,नेपाल पत्रकार महासंघका सदस्य उमा भण्डारी र दिपक बोहरा,पत्रकार आशिष केसी,जितसागर जिएमले ब्यबसायिक पत्रकारिता चुनौतिपूर्ण रहेको बताउनुभयो ।

पत्रकारिता पेशा निष्पक्ष हुन नसक्दा थप अर्को चुनौति बनेको उहाँहरुको भनाई छ । पेशागत तथा भौतिक सुरक्षाका कारणले केही पत्रकारहरु पेशाबाट बिस्थापीत हुन पुगेको र त्यो क्रम अझै बढदै गएको बताउनुभयो । राज्यले तोकेको न्युनतम पारिश्रमिक समेत उपलब्ध गराउन संचार संस्थाहरुले नसकेको गुनासो गर्नुभयो । जसका कारण पत्रकारहरु बिभिन्न पार्टी,संघसंस्थाको प्रभाबमा पर्ने गरेको उहाँहरुको भनाई छ । निष्पक्ष,तटस्थ समाचार आम नागरिकले पाउने अधिकारलाई सुनिश्चीत गर्नुपर्ने दायित्व पत्रकारहरुको रहेको सहभागि पत्रकारहरुले बताएका छन् । उहाँहरुले भन्नुभयो,राज्यले चौथो अंगको रुपमा मान्यता दिएको सञ्चार क्षेत्रको गरिमा थप ओझिलो बनाउनुपर्छ ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपसभापति एबम पत्रकार सुशील बस्नेतले सञ्चारक्षेत्रमा क्रियासील ब्यक्तिहरुको मनोवल कम्जोर होईन उच्च हुनुपर्ने बताउनुभयो ।


केन्द्रिय सचिब निर्मल नेपालीले आवाज बिहिनहरुको आवाजलाई बाहिर ल्याई न्याय दिने कार्यमा सञ्चारकर्मीहरुको ठुलो हात हुने बताउनुभयो । बरिष्ठ अधिबक्ता डिल्लीराज धितालले भोकभोकै पत्रकारिता गर्न कसरी हुन्छ भन्नुहुर्र्दै राज्यबाट सञ्चार क्षेत्रको उन्नयनका लागि योजना बनाउनुपर्ने सुझाब दिनुभयो ।

शान्ति समाजका पूर्बकेन्द्रिय उपसभापति मोहन धितालले राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार क्षेत्रले कार्यपालिका,ब्यबस्थापीका र न्यायपालिकाले गर्ने नागरिक अधिकारको हस्तक्षेपलाई सन्तुलनमा ल्याउने गरेको बताउनुभयो । त्यसकारण पनि पत्रकारहरु अध्ययनशील,खोजमुलक र ब्यबसायीक बन्नुपर्ने सुझाब दिनुभयो ।

शाखा सभापति तुलसीराम सुनारको अध्यक्षतमा भएको अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तब्य सदस्य माधब बस्नेत,धन्यबाद ज्ञापन कोषाध्यक्ष कोमल डिसी र सहजिकरण सचिब निर्मला योगीले गर्नुभएको थियो ।