मुसुक्क हाँसेर विकास हुने भए घनश्यामले तुलसीपुरको कायपलट गरि सक्थे : गेहेन्द्र गिरी

तुलसीपुर
२० वैशाख / सत्तापक्ष गठबन्धनको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार गेहेन्द्र गिरीले मुुसुक्क हाँस्दैमा विकास नहुँने बताएका छन् । विकास गर्नकालागि उचित भिजन चाहिने उनको भनाई छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मा भएको गठबन्धनको चनाबीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताए ।‘अध्साध्य राम्रा मान्छे मुसुक्क हाँस्ने मान्छे, मिठा कुरा गर्ने मान्छे भनेर गएको निर्वाचनमा मतदान गर्नुभयो’,उनले भने‘हाँस्यो की फस्यो भने जस्तै तपाईहरु फस्नुभयो, यति राम्रो मिठा मान्छेले राम्रै काम गर्नुहुन्छ, भन्ने सोँच्नु भएको थियो होला, तर अहिलेसम्म ७० करोड ऋण लागेको छ, यसको ३० गतेसम्म १ अर्ब ऋण लाग्नेछ ।’

उपमहानगरपालिका भित्रका हरेक ब्यक्तीलाई एक हजार ऋण लागेको छ, मिठो हाँस्ने मान्छेले गरेको काम यही हो । अब त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ता रहेको उनी बताउछन् ।‘अब त्यो ऋण घनश्यामले तिर्दैनन्’,उनले भने‘ऋण नतिरेर साहुले मान्दैनन्, पहिले ऋण तिर्ने अनि काम गर्ने अबस्था छ ।’ स्मार्ट सीटीका नाममा ठूला–ठूला कुरा गरेपनि उनले विरेन्द्र चोक, हात्तिखौवालगायतका खाल्डाहरु समेत पुर्न नसकेको बताए । त्यस अवसरमा उपमेयर पदका उम्मेदवार जोगबहादुर रानाले तुलसीपुुरको विकासकालागि आफूहरुलाई जिताउन आग्रह गरे ।


काँग्रेसका नन्दलाल पुनको अध्यक्षता तथा काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि गिरीले यो गठबन्धन संविधान जोगाउने गठबन्धन भएकाले सबैले गठबन्धनका पक्षमा प्रचार गर्न समेत आग्रह गरे । कार्यक्रममा वडाध्यक्षका उम्मेदवार तुलसी थापाले वडाका हरेक समस्यासंग जुध्न जुुझारु टिम आएको बताए । अघिका जनप्रतिनिधिले एकलौटी तरिकाले मात्रै काम गरेको भन्दै आफूहरु सबैको साझा बनेर काम गर्ने समेत बताए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, एकीकृत समाजवादीका जिल्ला उपसचिब डिल्ली डाँगी, जनमोर्चाका नेता भरत भण्डारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण माओवादी केन्द्रका तुलसीपुर नगर उपाध्यक्ष मोहन थापाले गरेका थिए ।