गोरखा ग्रुपद्वारा तुलसीपुरमा आवासीय स्कुल

तुलसीपुर, ३ बैशाख । गोरखा ग्रुपले दाङको तुलसीपुरमा आवासीय स्कुल सञ्चालन गर्ने भएको छ । चालु शैक्षिक शत्रदेखि स्कुल सञ्चालन गर्न लागेको ग्रुपका शैक्षणिक निर्देशक दुर्गा केसीले बताए । विद्यार्थीहरुको मागलाई मध्येनजर गरि स्कुलले विशिष्ट शैक्षिक वातावरण, वरिष्ठ शिक्षक शिक्षिकाहरूको संलग्नता, आधुनिक र सुविधा सम्पन्न पूर्वाधार, सुलभ शूल्कमा गुणस्तरीय शिक्षा दिने बताए ।

आवासीय शिक्षाकालागि तुलसीपुर भन्दा बाहिर जानु पर्ने र चर्को शूल्क तिर्नुपर्ने अबस्थाको अन्त्य गर्नकालागि यो कार्य गरिएको केसीले बताए । उनका अनुसार इन्जिनियरिङ , मेडिकल , म्यानेजमेन्ट फिल्ड तथा अन्य शैक्षिक क्षेत्रका आवश्यक पर्ने र खरो रूपमा उत्रन सक्ने जनशक्ति उत्पादन गर्नकालागि आवासीय स्कुल सञ्चालन गर्न लागिएको हो ।

शैक्षिक उत्कृष्टता, शारीरिक स्वास्थ्य र नैतिक मूल्यमा केन्द्रित पाठ्यक्रम, नेपाल सरकारको पाठ्यक्रम सँगै व्यावहारिक ज्ञानमा विशेष जोड दिइने केसीको भनाई छ । त्यस्तै योग्य शिक्षकहरूद्वारा विद्यार्थीहरूलाई व्यक्तिगत ध्यान, उच्चस्तरीय कक्षा, प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब, सुरक्षित दिवा र पूर्ण आवासीय सुविधा (होस्टेल)सहित खेलकुद (फुटबल, भलिबल), सांस्कृतिक कार्यक्रम र क्लब गतिविधिहरू गरिने समेत बताए ।

त्यस्तै नियमित दिनचर्या, नेतृत्व विकास, समुदाय सेवा, गोरखा परम्परा, नेपाली संस्कृतिलाई शिक्षामा समावेश, नियमित स्वास्थ्य जाँच, पौष्टिक खाना–नास्ता खेल मैदानको समेत ब्यबस्थापन हुनेछ ।  विपन्न र जेहेन्दार योग्य विद्यार्थीहरूलाई आर्थिक सहयोग गर्ने समेत केसीले बताए । पछिल्लो समय बढ्दो डिजटल लतलाई समेत न्यूनिकरण गर्ने उनले बता ।


दाङको तुलसीपुर ६ क्याम्पस रोडमा आवासीय स्कुल सञ्चालन हुनेछ । साथै आवासीय स्कुलकालागि भर्ना खुलिसकेकाले स्कुल प्रशासनमा विहान ७ बजेदेखि दिउसो २ बजेसम्म सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

२०५५ सालमा गोर्खाली लाहुरेहरूको समूहले गोरखा ग्रुपको स्थापना गरेको हो । ग्रुपले गोरखा इन्टरनेसनल पब्लिक मा.वि. घोराहीमा निजी क्षेत्रबाट दाङमा पहिलो पटक कक्षा ११ र १२ मा विज्ञान संकाय पठनपाठन २०६१ सालबाट सुरु गरेको हो। यसैगरी यस ग्रुपले दाङको तुलसीपुरमा गोरखा मा.वि.को नामबाट २०६८ सालदेखि एक नमुना स्कुलको रुपमा सञ्चालन गरिरहेको छ ।

यसैगरी गोरखा ग्रुपले दाङको देउखुरी क्षेत्रमा बढिरहेको शैक्षिक माग तथा शैक्षिक स्तरलाई थप टेवा पु¥याउने उद्देश्य राखी अभिभावक र विद्यार्थीहरूको चाहना अनुरूप लमहीमा गोरखा मोडेल सेकेन्डरी स्कुल र लालमटियामा गोरखा आईडीयल स्कुल सञ्चालन गरिरहेको छ । गोरखा ग्रुपका यि ४ वटै स्कूलमा करिव ८८०० विद्यार्थीहरु अनुशासित र प्रफुल्लित वातावरणमा अध्ययन गरिरहेका छन् ।