गठवन्धनदल नै जनताको साथी होः गिरी

दाङ,१९ बैशाख ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सिचाई मन्त्री दिपक गिरीले गठबन्धन दलको सरकार आम जनताको सुखदुखको साथी बन्ने बताएका छन् । स्थानीय सरकार सञ्चालको ५ वर्षसम्म पनि अन्यपार्टीहरुले जनताको भावना र आवश्यकता बुझ्न नसक्नु दुखको कुरा भएको भन्दै अवको गठवन्धनदलको सरकार हरेक अवस्थामा जनतासंगै रहने बताए । सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित दमारगाउँमा भएको घरदैलो अभियान एवं कार्यकर्ता भेटघाट कार्यक्रमका अवसरमा उनले यस्तो बताएका हुन् ।

नेपाली काँग्रेस वडा नं. ३ का सभापती झुुपलाल वलीको सभापतित्वमा भएको कार्यक्रमलाई संवोधन गर्दै नेता गिरीले हालसम्म पनि स्थानीय सरकारले वडा नं. ३ को विकासमा कुनै चासो नदिएको बताए । उपमहानगरपालिकाको सबैभन्दा विकट क्षेत्र यसै वडामा पर्ने भएपनि यसक्षेत्र काँग्रेसको ईलाका भएकाले यहाँका जनताको आवश्यकता, यस क्षेत्रको समस्याका बारेमा अहिलेको स्थानीय सरकारले पूर्णरुपमा बेवास्ता गरिरहेको बताए । आसन्न स्थानीय तहको निर्वाचनमा गठवन्धनको दल बिजयी भएर आए विकासमा पछाडी परेको यस क्षेत्रको सहजता लागि यसक्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर योजनाको कामहरु सुरु गरिने प्रतिवद्दता समेत व्यक्त गरे ।

कार्यक्रममा नेकपा समाजवादी केन्द्रीय सचिव भागवत विश्वासीले भ्रष्ट्राचारमा लिप्त कार्यकर्ता बचाउने पार्टीले गवबन्धनदलसंग चुनावी प्रतिष्प्रर्धा गरिरहेको बताए । काँग्रेससंग भएको गठबन्धन र यसको सर्कूलर केन्द्र देखि वडासम्म लागु भएकाले आसन्न स्थानीय तहको निर्वाचन गठवन्धन दलले जित्ने निश्चित भएको बताए ।


नेकपा माओवादीका केन्द्रीय सदस्य शेसुराम भण्डारी, राष्ट्रिय सभा सदस्य अनिता देवकोटा लगायतले भ्रष्टाचारीहरुलाई हराउनका लागि गठवन्धन गरिएको बताए । सबै एकजुट भएर गएमा देशभर गठवन्धनको जीत निश्चित रहेको तर्क समेत गरे ।

कार्यक्रममा गठवन्धनदलबाट तुलसीपुर उपमहानगरपालिकाको मेयर पदको उममे्दवार गेहेन्द्र गिरीले भ्रष्टचारको अन्त्यगरी सुव्यस्थित नगर बनाउनेमा आफुहरु प्रतिवद्ध रहेको बताए । उनले गठवन्धनदलले नगरको विकासका लागि फराकीलो ढंगले विकास गर्ने र आर्थिक पारदर्शीता कायम राख्ने बताए । उनले सिमान्तकृत र जोखिममा रहेकाहरुको संरक्षण गर्दै समावेशी विकासलाई प्रर्वद्धन गर्न गठवन्धनदलको नेतृत्व आजको आवश्यकता रहेको उनले बताए ।

नेकपा समाजवादी पार्टिका वडा कमिटि टेकबहादुर सेर्पाईलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष प्रेमप्रकाश मल्लले गरेका थिए ।