
तुलसीपुर
१८ बैशाख / दाङको तुलसीपुर १३ साजखुटीमा कुवा खन्ने क्रममा माटोको ढिस्को भत्किएर एक जना बेपत्ता भएका छन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार माटो खन्ने क्रममा विहान ७ बजेतिर बेपत्ता भएका तुलसीपुर उपमहानगरपालिका १७ निवासी हरि चौधरी अझै फेला परेका छैनन् ।



खोजी कार्य भने जारी रहेको प्रहरीले बताएको छ । ४० फिट गहिरो रहेको र वरपरबाट माटो खसिरहेकाले पनि निकाल्न समस्या भएको प्रहरीले बताएको छ । स्थानीय डिल्लीबहादुर रोकाको घरमा कुवा खन्ने क्रममा उनी बेपत्ता भएका हुन् ।
लाइभदाङ । १८ बैशाख २०७९, आईतवार १८:३७ बजे