महोत्सव विफल पार्न व्यबसायी परिचालन गरियो : भण्डारी

तुलसीपुर
२२ मंसिर / तुलसीपुर चेम्बर अफ कर्मशका सचिब ऋषिराज भण्डारीले तुलसीपुरमा आफूहरुले लगाउन लागेको महोत्सवलाई विफल बनाउन व्यबसायीहरुलाई परिचालन गरिएको आरोप लगाएका छन् । उनले तुलसीपुरमा पत्रकारसंग भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । ‘हामीले कपडा व्यबसायीहरुलाई ५० प्रतिशतसम्म छुट दिन्छौं भनेका छौं’, उनले भने‘तर, परिचालित मान्छेहरु महोत्सव विफल बनाउन लागिरहेका छन् ।’

उनले २५ गतेसम्म स्थानीय व्यबसायीहरुलाई स्टल बुकिङकालागि समय दिएको भन्दै त्यो दिनसम्म नआए बाहिरका व्यबसायीहरुलाई स्टल दिने समेत बताए । उनले कुनै पनि हालतमा महोत्सब रोक्न नसकिने बताए ।

चेम्वर तुलसीपुरका महासचिव तथा सचिवालय उपसमितिका संयोजक प्रेमप्रकास गिरीले महोत्सव संचालनको काम तिव्र गतिमा अघि बढेको जानकारी दिए । उनले असन्तुष्ट पक्षहरुको माग सम्वोधन गर्ने गरी आफुहरुले पहल गरिरहेको बताए । उनले आफुहरु पनि व्यवसायीहरुको हकहितको पक्षमा काम गर्ने बताए । कोरोना संक्रमणको नयाँ भेरियन्टलाई लिएर गलत प्रचार भएको भन्दै यस प्रति आफुहरु सचेत र सावधान भएको समेत बताए ।


 

सोहि अवसरमा स्टल व्यवस्थापन उपसमितिका संयोजक युवराज नेपालीले अहिले सम्म फेन्सी पसल स्टल बाहेक अन्य १३० भन्दा बढि स्टल बुकिङ भईसकेको र अझै पनि बुकिङ हुने क्रम जारी रहेको बताए । तुलसीपुर चेम्वर अफ कर्मसको आयोजनामा आउदो पुस १ गतेदेखी १२ गते सम्म महोत्सव सञ्चान हुदैछ ।