
तुलसीपुर, २६ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.७ निवासी बलात्कार आरोपी धनीराम भण्डारी(डीआर)लाई पूर्पक्षकालागि थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत दाङका न्यायाधीश प्रकाश प्रसाद पण्डितको इजलासले सोमबार पूर्पक्षकालागि थुनामा राख्न आदेश दिएको हो ।
उनी विरुद्ध सरकारी वकिल कार्यालय दाङले २२ गते मात्रै अभियोगपत्र दर्ता गरेको थियो । उनी विरुद्ध तुलसीपुरको एक होटेलमा कार्यरत १६ बर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।



लाइभदाङ । २६ श्रावण २०८३, मंगलवार २१:४६ बजे