
रुकुम पश्चिम,२६ साउन ।
सानीभेरी नदीमा माछा मार्ने क्रममा नदीले बगाएका एक पुरुषको शव चार दिनपछि फेला परेको छ।
जिल्लाको मुसिकोट नगरपालिका–३ भोटेमारास्थित सानीभेरी नदीमा जाल खेली माछा मार्ने क्रममा बाँफिकोट गाउँपालिका–१० निवासी अन्दाजी ३४ वर्षीय देव वलीलाई नदीले बगाएको थियो।
वलीलाई २०८३ साउन २२ गते माछा मार्ने क्रममा नदीले बगाएको थियो। त्यसपछि बेपत्ता भएका वलीको खोजी गर्ने क्रममा साउन २६ गते सानीभेरी गाउँपालिका–७ सहरेखोलास्थित सानीभेरी नदीको किनारमा शव फेला परेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लाइभदाङ । २६ श्रावण २०८३, मंगलवार १९:५४ बजे