जसपाद्वारा तुलसीपुरमा मजदुर कमिटि गठन

तुलसीपुर
२३ साउन / जसपा तुलसीपुरले मजदुर कमिटि गठन गरेको छ । नगर अध्यक्ष टोपबहादुर महतरा एबम जसपा प्रदेश सल्लाहकार चुर्ण सुनवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले तुल्सिपुर नगर स्तरिय मजदुर कमिटी गठन गरेको हो ।

दिलिप खत्रीको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षमा प्रभुलाल बिक,सचिब नबराज नेपाली,कोषाध्यक्ष घनश्याम बुढाथोकी र सदस्यहरुमा टेकन बहादुर खत्री,ओम बहादुर बर्मा लगायत रहेका छन् ।


कार्यक्रममा जसपा विद्यर्थी युनियनका जिल्ला अध्यक्ष दिपक पोख्रेल, जसपा जिल्ला सदस्य टेक बहादुर नेपालीले मन्तव्य व्यक्त गरेका थिए, भने सहजीकरण नगर सचिब मोहन सिंह ओलीले गरेका थिए ।