जनता भन्छन्ः‘एमालेको सरकारले रुवायो, अब आश भनेकै गठबन्धनबाट हो’

तुलसीपुर,१८ वैशाख ।

‘तुलसीपुरमा एमालेको सरकारले ऋण लगायो, स्मार्ट सीटी भन्छ, बजारमै खाल्डा छन्, हाम्रो विकट वडा तिर झन के को विकास गर्लान’, तुलसीपुर -१ निवासी सितल रेग्मीले पोखेको गुनासो हो यो ।

तुलसीपुरका -२ का नागरिकको पनि गुनासो त्यस्तै छ ।‘विगतको चुनाबमा के–के नै गर्छौ भनेर घर–घरमा आए, विश्वास पनि लागेको थियो । भोट पनि हालियो तर, अहिले यस्तो हालत भयो’ तुलसीपुर -२ का रतिराम केसीले भने‘ अब पनि त्यस्तै मिठा र चिल्ला कुराका पछि लाग्ने हो भने तुलसीपुरवासी धेरै पछि पर्छौ ।’ यी केही प्रतिनिधिमुलक आवाज हुन् । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाका गतिबिधि देखेरे धेरै नागरिकको बितृष्णा पैदा हुने गरेको छ । अहिले निर्वाचनको समयमा घर–घरमा जाँदा यस्ता थुप्रै गुनासाहरु जनताले गर्ने गरेका छन् ।


यसै सन्दर्भमा गठबन्धनको टोली तुलसीपुर उपमहानगरपालिका वडा नं. १ र २ मा पुुग्दा जनताहरुले यस्ता थुप्रै गुनासो गरेका थिए । अब आशा र भरोसा भनेकै गठबन्धनको भएको उनीहरुको प्रतिक्रिया छ । काङ्ग्रेसको तुलसीपुर उपमहानगरपालिका वडा नं. १ का वडा सभापति निर्मल कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जनमोर्चाका नेता भरत भण्डारी, पूर्वसंविधानसभा सदस्य अनारकली मिया, माओवादी केन्द्रका नेता शेषुराम भण्डारी, फल्गुदत्त भण्डारी, वडाध्यक्ष पदका उम्मेदवार हुमकान्त सापकोटा लगायतले तुलसीपुरको विकास र समृद्धिको लागी गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए ।

माओवादीका वडा कमिटी अध्यक्ष डिल्लु प्रसाद न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालण काङ्ग्रेस वडा कमिटीका सचीव रेशम खरालले गरेका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ मा चुनाबी सभा भएको छ । यसैबीच सोमबार वडा नं. ३, ९, ५ र ७ नम्बर वडामा चुनाबी सभा हुने चुनाबी प्रचार सचिबालयले बताएको छ ।