स्वीटर बनाउने तालिम

दाङ, १८ बैशाख ।

राजपुर गाउँपालिका वडा नम्बर-७ मा एक महिने स्वीटर बुनाई सम्बन्धि तालिमको समापन गरिएको छ । वडा नम्बर -७ को हरियाली महिला समुहलाई राजपुर गाउँपालिका का उपाध्यक्ष धनपती यादव र वडा नम्बर-७ का अध्यक्ष भिम बहादुर खड्काको संयुक्त आयोजनामा तालिम भएको हो ।


समापनका अवसरमा राजपुर-७ का वडा सदस्य लिलाधर बिक, प्रमोद वस्नेत लगाएतले बोल्नुभएको हो । बोल्ने बक्ताहरुले स्वीटर बुनाई जस्तै अन्य सीप मुलक तालिमहरु प्रदान गरेमा आफ्नो ठाउको बेरोजगारी संख्या केहि हदसम्म न्युनिकरण हुनेमा जोड दिएका हुन् । साथै उनीहरुले तालिम पश्चात प्राप्त हुने रोजगारीले घरायसी खर्च टर्ने बताएका हुन् ।

राजपुर गाउपालिका-७ का वडाध्यक्ष खड्काको अध्यक्षता तथा पत्रकार सागर रोकाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । गत चैत महिना देखि सुरु भएकोे तालिममा करिव १६ जना महिलाको सहभागी रहेको थियो ।